
दमक/पूर्व सभामुख तथा इलाम क्षेत्र नं. २ का प्रदेशसभा सदस्यका उम्मेदवार सुवास नेम्बाङले मूलक र सम्बृद्धिको लागि मतदाताले कसलाइ जिताउदा सम्भव छ भन्ने बुझिसकेको बताएकाछन् । उनले एमाले तथा बाम गठबन्नधनमा आएको जनलहरले बिपक्षीहरुको सातोपुत्लो गएको बताउदै पनि नेम्बाङले बताए ।
बाम गठबन्धन स्थिर सरकारका लागि भएको भन्दै स्थिर सरकार बनेमात्र बिकास सम्भव हुने नेम्बाङले जनाए । नेम्बाङ केहि समययता आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा लागेपछि अन्य पार्टी छाडेर एमालेमा प्रवेस गर्नेको लर्को नै लागेको बताइन्छ ।
एमाले जिल्ला कमिटी सदस्य ओमनारायण खनालका अनुसार जहाँ नेम्बाङ पुग्छन् त्यहाँ एकदेखि डेढ सय जना अन्य पार्टी छाडेर एमाले प्रवेस गरेकाछन् । नेम्बाङले फराकिलो मतान्तरमा यहाँबाट बिजय हासिल गर्ने निश्चित भएको जनाउदै उनले चुनावी अभियान तिब्र बनाइएको पनि जानकारी दिए ।




