कमल । केपी ओली प्रवृत्तिका कारण नेपाल र नेपाली समाजमा विद्वेष फैलिएको आरोप लगाएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष चेम्जोङले मंगलबारे झापाको कमल गाउँपालिकास्थित मंगलबारे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पूर्व शान्ति मन्त्रीसमेत रहेका चेम्जोङले भने –हाम्रो मूल एजेन्डा १० प्रदेशसहितको संघीयता हो । जसले मुलुकमा स्थिरता र दिगो शान्ति कायाम गर्न सक्छ ।

ससफो नेपालका महासचिव रणध्वज कन्दङ्वाले सम्बोधनका क्रममा भने –एमाले र कांग्रेसले देश बनाएनन्, बनाउँदैनन् । देश बनाउने हो भने आउनुहोस् सङ्घीय समाजवादी फोरम, नेपालमा । छेपारोले घोंचो अठ्याए जसरी काम नलाग्ने पार्टी समाएर बस्नुको तुक नरहनको महासचिव कन्दङ्वाले जिकिर गरे ।

कार्यक्रममा बोल्दै पार्टीका लिम्बुवान प्रदेश इन्चार्ज आरसी तुम्बाले ससफो नेपालको जित निश्चित रहेको दावी गरे ।
लिम्बुवान प्रदेश अध्यक्ष खगेन्द्र माखिमले पहिचान पक्षधरहरु एक भएर अबको राजनीतिक नेतृत्व ससफो नेपालले गर्ने बताए ।

राजनीतिक समिति सदस्य एवम् निर्वाचन परिचालन संयोजक प्रवीण चाम्लिङले आदिवासी रङ्गाशाला माथि एमाले र कमल गाउँपालिकाले अन्याय र षड्यन्त्र गरेको आरोप लगाए । सभामा प्रतिनिधिसभा उम्मेद्वार सत्यदेव यादव, प्रदेश सभा उम्मेद्वारहरु हिरालाल राजवंशी र सुशील राईले सम्बोधन गरे ।

त्यस्तै प्रदेश सभा समानुपातिक उम्मेद्वार पदमकुमारी लिम्बू राई, केन्द्रीय सदस्य प्रेमदिप चाम्लिङ, जिल्ला अध्यक्ष धिरेन लावती, जिल्ला सह–सचिव दिपक न्यौपाने लगयतले ससफो पार्टी र उम्मेदससफोहरुलाई मत दिएर जिताउन आग्रह गरेका थिए ।

कमल ५, ६ र ७ का निर्वाचन परिचालन संयोजक सरोज जबेगूको अध्यक्षतामा सम्पन्न सभामा दिपेन बाला राईको स्वागत र सुरेश लावतीको सन्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah