मंसीर २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नं.४ का वाम गठबन्धनले चुनाव प्रचार प्रसार कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । साझा वाम गठबन्धनका तर्फबाट प्रतिवद्धता पत्रसहित दलका नेता तथा कार्यकर्ता चुनाव प्रचार प्रसारमा होमिएका छन् ।

प्राकृतिक सम्पदाको हिसाबले समृद्ध र आफ्नो थातथलो झापाको क्षेत्र नं. ४ लाई सधैं सहमति र सहकार्यमा समृद्ध बनाउँदै यहाँका जनतालाई सुखी र सम्पन्न बनाउने गठबन्धनका उम्मेदवार एलपी साँवा लिम्बूले प्रतिवद्वता जनाएका छन् ।

ऐलानी जग्गामा बसोबास गरेका सुकुम्बासीहरुलाई सहुलियत तरिकाले जग्गा धनीपूर्जा वितरण गरी व्यवस्थित बसोबास गराइने र भूमीहिन सुकुम्बासीलाई एकीकृत बस्ती विकास गरी जनताको आवास कार्यक्रम मार्फत् व्यस्थित बसोसबास गराइने प्रतिवद्धाता पत्रमा उल्लेख छ ।

राजमार्गबाट दक्षिणी भेग जाने सडकहरुलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने, जनताका दैनिक जीवनमा अत्यावश्यक सरोकार राख्ने कृषि तथा सहायक सडकहरुलाई प्राथमिकताको सूचीमा राखी पूलसहित स्तरोन्नति गरी कालोपत्रे गर्दै लैजाने साँवाले प्रतिवद्धता जनाएका छन् ।

उनले जनताको सम्वेदनशीलतासँग जोडिएको शिक्षा, स्वास्थ्य र शुद्ध पिउने पानीको उचित व्यवस्थापन गर्ने मतादाता समक्ष बाचा गरेका छन् । प्रत्येक मतादाताको घरदैलोमा पुग्दै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्ग मैत्री समाजको निर्माण गर्नमा आफू लागिपर्ने नेकपा एमालेका नेता साँवाले जारी गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

क्षेत्र नं. ४ भित्रका ठूला तथा साना नदीहरु कनकाई, कमल, दूधे, झरना सतासीलगायत र अन्य खोलाहरुले कटान गरेका क्षेत्रहरुलाई दीर्घकालिन समाधानका लागि तटबन्धन गर्ने योजनका साथ अघि बढ्ने भन्दै उनले मतादातासमक्ष आशीर्वाद मागेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो मन्ब्य राख्दै उनले कृषिमा आधुनिक प्रविधिको उपयोग गरी कृषकलाई अग्र्यानिक खेतीतर्फ आकर्षक गर्दै आयमुलक ढंगबाट कृषि उत्पादन बढाउँदै त्यसको बजार व्यवस्थापन गर्न आफू लागिपर्ने बताए ।

वहुभाषी, वहुसंस्कृति, वहुजाति भएको समाजमा सबै धर्म संस्कृतिको संरक्षण गर्दै आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गरी क्षेत्र नं. ४ लाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने समेत लक्ष्य रहेको साँवाको भनाई छ । साँवाले ५ हजारभन्दा बढि मतान्तरले चुनाव जित्ने दाबी गर्दै आएकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah