आज भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ६५ प्रतिशत मतदान भएको छ । मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ६५ प्रतिशत मतदान भएको झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनु भयो ।
५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली काग्रेस र बाम गठबन्धन कै उम्मेद्वारहरु बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
आज भएको मतदानमा काँग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका वडा नं. १० को कलबलगुडीमा रहेको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गर्नु भयो भने काँग्रेस केन्द्रीय सदस्य झापा १ का प्रतिनिधि सभा उम्मेद्वार बिश्वप्रकाश शर्माले मेचीनगर वडा नं. ९ स्थीत कविशिरोमणी माबिमा रहेको मतदान केन्द्रबाट बिहान ८ः१५ मा मतदान गर्नु भयो ।

झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नु भएको  छ । त्यस्तै माओबादी नेता तथा झापा १ बाट बाम गठबन्धनका उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले मतदान गर्नु भएन । काठमाण्डौमा मतदाता नामवली रहनु भएका कार्की झापा १ मा नै रहेकाले वहाँले मतदानमा सहभागि हुन पाउनु भएन ।

त्यस्तै झापा ३ बाट बाम गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले हल्दीबारीबाट मतदान गर्नु भएको छ । झापा टाईम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah