अनिल गुरुङ्ग
नेपालले ईपिएस प्रणालीमा आफनो आबद्धता २००७ को अगस्त महिनामा समझदारीपत्रमा (MOU) हस्ताक्षर गरे पछि शुरु गरेको हो । ईपिएस प्रणाली अन्र्तगत २००८ बाट नेपालीहरु कामदारको रुपमा कोरिया भित्रिन थालेका हुन तथा हाल सम्म ४० हजार हाराहारीमा नेपालीहरु कोरियामा कामदारको रुपमा पुगी सकेको तथ्यांक छ ।

नेपालीहरु मूलतः सवारी साधनकाका विभिन्न् पार्ट पूर्जा बनाउने , वेल्डिंग गर्ने , ग्रिण्डिग गर्ने , कलर गर्ने वा अन्य विभिन्न् औद्यौगिक बस्तु उत्पादन तयार गर्ने जस्ता उत्पादन मूलक कारखाना लगायत कृषि क्षेत्रमा कार्यरत छन् । कोरियामा पारिश्रमिक मासिक रुपमा नेपाली रुपियामा भन्नु पर्दा एकलाख भन्दा केही बढी हुन जान्छ भने ओभरटाईम काम गरेमा डेढ गुणा बढी रकम प्राप्त गर्न सकिने प्रावधान छ साथै अधिकाश कम्पनीले खाने तथा बस्ने स्थान उपलब्ध गराउंदछ ।

कोरिया नेपालीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रही आएतापनि हालका दिनहरुमा नेपालीहरुमा मृत्यु, दुर्घटना तथा बिरामी पर्ने जस्ता केही समस्याहरु जटिल रुपमा देखिएका छन् । कोरियामा कामदारको रुपमा प्रवेश गर्नु अघि त्यसबारेमा केही मूलभूत जानकारी लिई राख्नु उपयुक्त हुने देखिएकोले निम्न बिषयहरुमा ध्यान दिन निकै जरुरी छ ।

(१)कोरियामा कारखानाहरुमा दिन तथा रात दुवै शिफटमा काम हुन्छ, त्यसैले प्राय जसो कम्पनीहरुमा आलोपालो मिलाई सात दिन दिउंसो तथा सात दिन रातमा काम गर्नु पर्ने हुन्छ साथै प्राय जसो कम्पनीहरुमा ४, ५ घण्टा ओभरटाईम अनिवार्य रुपमा गर्नु पर्ने हुन्छ । काममा लापरवाही वा ढिलाई गरेमा रोजगारीमा समस्या पर्न जाने हुनाले कोरियामा कामदारको रुपमा जानेले म श्रम गर्न जाने हो र मैले श्रम गर्नु ( दिवा तथा रात्री समेत) पर्छ भन्ने बुझ्नु जरुरी छ ।

(२) कोरियामा उत्पादनमूलक क्षेत्रमा अधिकांश फलाम घोटने, पगाल्ने, पिट्ने, रिसाईक्लिंग गर्ने कारखानाका साथै कृषि क्षेत्रमा काम गर्नु पर्ने हुन्छ । कृषिमा खासगरि मिनारी ( एक प्रकारको साग टिप्ने) , च्याउ खेती , विभिन्न् तरकारी , तथा फलफूल उत्पादन पर्दछन् भने पशुपालन तर्फ गाई फर्म, सुगुर फर्म ,घोडा फर्म लगायत कुखुरा पालन तर्फ समेत कार्य गर्नु पर्ने हुन्छ । कोरियामा कामदारका रुपमा जानेले मैले यति पढेको छु उति पढेको छु वा मैले बगुर छुन सक्दिन, घोडा छुनु हुन्न भन्ने बिषयलाई बिर्सेर म मिहिनेती छु र लगनशिल भएर काम गर्नेछु भन्ने कुरा गाठो पार्नु जरुरी छ ।

(३) कोरियाको कृषि क्षेत्र अत्यन्तै उन्नत तथा आधुनिक भएको हुनाले एउटै गाई फर्ममा हजारौ गाई वा बगुर फर्ममा हजारौ बंगुरहरु पालन गरिएको हुन्छ भने मेशिनिकरणको कारणले कामदारहरुको संख्या न्युन रहने गर्दछ । प्रवाशी श्रमिकहरुले काम गर्ने कम्पनीहरु प्रायः साना तथा मझौला कम्पनीहरु हुन् जसमा १ जना देखि लिएर ३० जना वा केहीमा ५० जना सम्म कामदारहरु रहन्छ । कतिपय कम्पनीहरुमा एक जना मात्र नेपाली पनि हुने अवस्था आउने हुनाले तथा कतिपय कम्पनीहरु अति सुदूर तथा एकान्त स्थानमा हुने हुनाले म एकलै पनि काम गर्न तयार छु भनेर बुझनु जरुरी छ ।
(४) कोरियाली रोजगारदाताहरु कामलाई माया गर्छन् । तपाई जति राम्रो काम गर्नु हुन्छ त्यति नै माया पाउनु हुन्छ । यसको ठीक उल्टो काम नगर्नेहरु संधै समस्यामा पर्न जान्छन् । त्यसैले कोरियामा मेरो सबै भन्दा ठूलो पूजी नै श्रम हो भन्ने बुझनु जरुरी छ । कोरियाली उद्यौग तथा कृषि क्षेत्र अत्यन्तै उन्नत तथा उदाहरणीय भएको हुनाले कोरियामा आफूले सिकेको शिप तथा ज्ञानलाई भविष्यमा स्वदेशमा फर्केर उपयोग गर्ने तर्फ पनि विचार पु¥याउनु जरुरी छ अर्थात् संधै कोरिया बस्ने होईन अपितु फर्केर स्वदेशमा व्यवसाय गर्नूृ ठीक हुन्छ ।

(५) कोरियामा कतिपय नेपाली कामदारहरु नेपालमा बिरामी भई औषधी उपचार गराई रहेको अवस्थामा कोरिया पुग्दा समस्यामा परेको पाएको छु । खासगरी मानसिक रोग वा डिप्रेशनका बिरामीहरु समेत कोरिया जांदा एकान्तता महसुस भई झन बिरामी परेको पाएको छु । मेरो विचारमा कुनै रोगको उपचार गराई राखिएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्र कोरियाको यात्रा तय गर्नु उपयुक्त हुन्छ । यसतो बिषयमा स्वयम् व्यक्ति तथा निजको अभिभावकहरुले विचार पु¥याउनु जरुरी छ ।

(६) कोरियामा पुगे पछि शुरुमा नै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था छ । लागू पदार्थ सेवन गर्दै गरेकाहरुलाई प्रारम्भिक जांचबाट नै (पिसाब) पत्ता लगाई फिर्ता गर्ने गरिएको (कतिपयलाई डिटेन्सन सेन्टरमा समेत राखिएको) पाएको छु । लागू पदार्थको सेवनमा कोरियाली कानूनमा कडा व्यवस्था रहेको छ यसतर्फ सचेत हुन अत्यन्त जरुरी छ ।

(७) कोरियामा पुगे पछि दुई दिनको तालिम लिए पछि कम्पनीमा काम गर्न लगिन्छ । कम्पनीमा पुगे पछि आफूले सम्पादन गर्नु पर्ने काम तथा संचालन गर्नु पर्ने मेसिनको बारेमा राम्रोसंग जानकारी लिएर मात्र काम गर्नु पर्छ । अति तिब्र गतिमा संचालन हुने मेसिनमा काम गर्दा औद्यौगिक दुर्घटना भई अंगभंग हुने तथा मृत्यु समेत हुने संभावना रहन्छ । सन् २०१५ मा करीब १० जना नेपालीको औद्यौगिक दुर्घटनामा अंगभंग भएको थियो भने ३ जनाका मृत्यु भएको थियो । प्रायः दुर्घटना शुरुको अवस्थामा नै भएको पाएको छ, ।

(८) कोरियामा कामदारहरुलाई नेपालमा जस्तो विदाको व्यवस्था छैन । हप्तामा ६ दिन काम गर्नै पर्छ । कामको चाप भएको अवस्थामा विदाको दिन (आईतबार) पनि काम गर्नु पर्ने हुन्छ र त्यस बापत उचित पारिश्रमिक पाईन्छ । घर बिदामा आउदा पनि कम्पनीसंग तालमेल मिलाएर मात्र आउन पाईन्छ । विदामा घर आउदाको अवधिको तलब भत्ता वा भाडा केही पाईदैन ।

(९) कोरियामाप्रत्येक कम्पनीले प्रत्येक महिना कामदारको तलबको ८.३३ प्रतिशतले हुन आउने रकम बीमा कम्पनीमा बोनसको रुपमा जम्मा गरी दिन्छ । उक्त रकम एकमुष्ट रुपमा भिसा अवधि सकेर नेपाल फर्कदा एयरपोर्टमा अध्यागमन पार गरेपछि वा नेपाल फर्केपछि मात्र पाउछ । कुनै एक कम्पनीमा एक बर्ष भन्दा कम काम गरेको खण्डमा बोनस( थेजिगम) पाईदैन तर बढी काम गरेमा दामासाहीले पाईन्छ । कोरियामा व्याख्या गर्न सकिने कारणमा बाहेक रोजगारदाताको अनुमती बिना ५ दिन भन्दा बढी कामबाट अनुपस्थित भएमा कामबाट निस्कासित भई अवैधानिक हुने संभावना रहन्छ ।

(१०) कोरिया प्रवेश गर्नासाथ तालिम केन्द«मा दुई दिनको अभिमुखीकरण तालिम पश्चात स्वास्थ्य परीक्षण गर्ने, दुर्घटना बीमा बापतको रकम सामसुंग बीमा कम्पनीमा रकम जम्मा गर्ने तथा ९० दिन भित्र कोरियन अध्यागमन कार्यालयबाट प्रवासी बसाई कार्ड बनाई सक्नु पर्छ । कोरियामा आफनो राहदानी तथा बैंक बुक कसैलाई दिनु पर्दैन, साथै सुरक्षित रुपमा राख्नु पर्छ, साथै नेपालमा पैसा पठाउंदा बैंक मार्फत मात्र पठाउनु हुन पनि मेरो सुझाव छ ।

(११) कोरियामा नेपालीहरुले व्यहोर्नु पर्ने एक प्रमुख समस्या भाषा हो । त्यसकारण भाषामा दक्ष हुन सकेमा कोरियामा काम गर्न सहज हुन जान्छ । कोरिया प्रवेश गर्नुृ अगाडि कोरियाको सामाजिक , सांस्कृति तथा औद्यौगिक क्षेत्रका ज्ञान यथेष्ट रुपमा अध्ययन गर्नुका साथै आफूले कोरिया कस्तो काम गर्नु पर्ने हो र त्यो काम गर्न आफू सक्षम छ कि छैन भन्ने अभिभावक समेतले यकिन गरेर कोरिया प्रवेश गरेमा कोरियाको बसाई सुखद र सहज छ ।
अनिल गुरुङ्ग दक्षिण कोरियाका लागि पूर्व श्रम कन्सुलर हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah