डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि हैरान थिए र उनी आफैंलाई आफ्नो जितमा विश्वास थिएन । यसका साथै हृवाइट हाउसमा आफ्नो सपथ समारोहका दौरान पनि डराएको महसुस भएको थियो ।

यो दाबी एक नयाँ किताबमा गरिएको छ । पत्रकार माइकल वुल्फले आफ्नो किताब ‘फायर एण्ड फ्युरीः इनसाइड द ट्रम्प्स हृवाइट हाउस’ मा लेखेका छन् कि ट्रम्पकी छोरी इन्वाका ट्रम्प पनि अमेरिकी राष्ट्रपति बन्ने इच्छा राख्छिन् ।

यद्यपि हृवाइट हाउसले किताबमा गरिएको दाबी झुटो र भ्रमित गर्ने भएको बताएको छ । तर, माइकल वुल्फले भनेका छन् कि उनको किताब २०० भन्दा बढी अन्तर्वार्तामा आधारित छ । यो किताब शुक्रबार सार्वजनिक भएको छ ।

किताबले गरेको १० दाबीः

१. वुल्फले आफ्नो किताबमा दाबी गरेका छन् कि नोभेम्बर २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आफ्नो जितप्रति हैरान थिए । वुल्फले किताबमा लेखेका छन्, ‘चुनावको रात करिव ८ बजे, जब चुनावको ट्रेन्ड आउन सुरु भयो, तब यो अनुमान लगाउन थालियो कि शायद डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव जित्न सक्छन् । तब ट्रम्पका छोरा ट्रम्प जुनियरले आफ्नो एक साथीलाई भनेका कि शायद उनका छोरा आगामी राष्ट्रपति बन्ने बाला छन् । यो खबरले मेलेनियाको आँखामा आँशु थियो, लगभग एक घन्टापछि स्टिभ बेननको अनुमान सही सावित हुने देखियो । ट्रम्प यो कुरामा विश्वास गरिरहेका थिएनन् कि उनी राष्ट्रपति बनिसकेका छन् ।’

२. शपथ समारोहको आनन्द लिन सकेनन्

वुल्फले लेखेका छन्, ‘ट्रम्प आफ्नो शपथ समारोहको आनन्द लिइरहेका थिएनन् । उनी ए-लेवलको स्टार्स यस समारोहमा नभएकोमा उनी निराश थिए । उनलाई ब्लेयर हाउस पनि खासै मन परेको थिएन र ट्रम्पले आफ्नो पत्नीसँग झगडा गरेको देखिएको थियो । यस्तो लागेको थियो कि मेलेनियाले आँशु झार्नेछिन् ।

यद्यपि मेलेनिया ट्रम्पको निवासले यो दाबी अस्वीकार गरेको छ । एक वक्यक्तमा सञ्चार निर्देशक स्टिफिन गि्रशमले भनेका छन्, ‘श्रीमती ट्रम्पले आफ्नो पतिको राष्ट्रपति चुनाव लड्ने निर्णयको सँधै समर्थन गरिन्, उनले सँधै हौसला बढाए । उनलाई आफ्नो पतिको जितमा विश्वास थियो र जितप्रति खुशी थिइन् ।’

३. ट्रम्पलाई साथीको पत्नी मन परेको छ

किताबको एक खण्डमा लेखिएको छ कि डोनाल्ड ट्रम्प आफ्नो साथीको पत्नीसँग सुत्न मन पराउँछन् र उनलाई लाग्छ कि यस्तो गर्दा जिन्दगी जिउन लायक बन्छ ।

‘उनी आफ्नो साथीको पत्नीको पिछा गर्छन् र त्यसक्रममा उनी प्रयास गर्छन् कि साथीको पत्नीसँग नजिक पुग्न सकौं, जोआफ्नो पतिसँग खुसी छैनन् ।’

४. अलग-अलग कोठामा सुत्छन् ट्रम्प र मेलेनिया

वुल्फले आफ्नो किताबमा लेखेका छन् कि डोनाल्ड ट्रम्प हृवाइट हाउसमा डराएको जस्तो देखिन्छन् ।

‘ट्रम्पलाई हृवाइट हाउस खास मन परेको छैन, यहाँसम्म कि उनी केही डराएको जस्तो देखिन्छन् । उनले आफ्नो बेडरुम पनि परिर्वतन गरेका छन् । क्यानेडीपछि पहिलो पटक कुनै पनि जोडी हृवाइट हाउसमा अलग अलग कोठामा रहे । ट्रम्पको कोठामा पहिल्यै टीभी थियो तर, पनि उनले पहिलो दिन नै दुई टीभी अडर गरे । साथै उनले कोठाका लागि ताला पनि मगाए ।’

५. इन्वाका बन्न चाहन्छिन् राष्ट्रपति

डोनाल्ट ट्रम्पकी छोरी इन्वाकाले आगामी दिनमा अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छिन् । वुल्फका अनुसार इन्वाका र उनका पतिले यसबारे सम्झौता पनि गरेका छन् ।

‘उनीहरुले निकै सोचविचार गरेर यो फैसला गरेका छन् कि वेष्ट विंगका काम सम्हालेनछन् । दुबैले मिलेर यो सोचेका छन् सक आगामी दिनमा मौका मिल्यो भने इन्वाका राष्ट्रपति चुनाव लड्न सक्छिन् । अमेरिकाको पहिलो महिला राष्ट्रपति हुन सक्छिन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah