विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा विहिबारदेखि दमक महोत्सव २०७४ शुरु भएको छ । माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताइएपनि अन्तिम समयमा उनि नआएपछि प्रदेश सभा सदस्य अर्जुन राइले महोत्सवको उद्घाटन गरेका थिए ।
दमक उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा १ सय ५० भन्दा बढि स्टलहरु भरिएकाछन् । महोत्सवको पहिलो दिन २५ हजारभन्दा बढिले अवलोकन गरेको पाईएको बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए । उनका अनुसार मौसमका कारण प्रचण्ड आउन नसकेका हुन् ।
महोत्सव उद्घाटनलाइ लक्षित गरेर दमकलाइ बेहुली झै सिगारिएको थियो । दमकको मुख्य चोकहरुमा गमला राखेर सजाईएको छ । प्रचण्ड आउने बताइएपछि सुरक्षा ब्यवस्था समेत कडा बनाइएको थियो ।
महोत्सवको आकर्षणको रुपमा हात्ती ल्याइने बताइएपनि हात्ती भने ल्याइएको छैन । घोडा र उटले महोत्सवमा दर्शकहरुलाइ तानेको छ ।
प्रमुखताका साथ प्रचार गरिएको हेलिकप्टर शयर पनि अपरान्हदेखि शुरु भएको महोत्सवका संयोजक राजन दंगालले बताएकाछन् ।
महोत्सवमा ब्यवसायीक देखि लिएर सेवात्मक सबै किसिमका स्टलहरु रहेको र पहिलो दिन नै उत्साह जनक सहभागिता रहेकाले आफूहरु उत्साहित भएको महोत्सव आयोजकको दाबी छ ।

माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख ५० हजारभन्दा बढि दर्शकहरु आउने अपेक्षा लिइएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए ।
दमकमा बेवारिसे अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्र सञ्चालन र ब्यवसायीक हितकोषमा रकम जम्मा गर्ने उदेश्यले महोत्सव लगाइएको बताइदै आएको छ । दमक ७ स्थित रतुवा खोलाको किनारलाइ महोत्सव स्थल बनाईएको छ ।
महोत्सवको आकर्षण हेलिकप्टर शयर
यसैबीच ढिला भएपनि महोत्सवमा हेलिकप्टर आएको थियो । हेलिकप्टर शयर समेत गर्ने अवसर महोत्सवमा सहभागिहरुले पाएकाछन् । हेलिकप्टर शयरलाइ महोत्सव ब्यवस्थापनले महत्वकासाथ प्रचार गरेको थियो ।



