स्पिड ओभरसिज प्रालि बिर्तामोडकी सञ्चालिका सृजना पौडेल पक्राउ पर्नु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले पौडेललाई विहीवार पक्राउ गरेको हो ।
वैदेशिक रोजगार विभागको आदेशमा पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो । मेचीनगरका प्रेम गिरीले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गरेको बताइएको छ ।
पक्राउ पर्नुभएकी पौडेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।



