एमालेले यसअघि निर्वाचनमा उम्मेदवार भइसकेकाहरुलाई राष्ट्रिय सभामा नपठाउने भएको छ ।

एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा उम्मेदवारको ६ बुँदे मापदण्ड तयार गर्दै यसअघि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

एमालेले लामो समय पार्टीमा योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धतासहित विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई राष्ट्रिय सभामा अवसर दिने स्पष्ट गरेको छ । यो निर्णयसँग बर्दिया–१ बाट निर्वाचन हारेका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभामा आउने ढोका बन्द भएको छ ।

निर्वाचनमा पराजित भए पनि बामदेवले राष्ट्रिय सभामा सांसद बन्न चाहेको खबरहरु बाहिर आएका थिए । अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बैंकक गएकाले गौतम आफैं पार्टीको कार्यबाहक अध्यक्ष छन् ।

 

बैठकले आगामी माघ ५ गतेभित्र राष्ट्रियसभा उम्मेदवारको नाम सिफारिस गर्न सातवटै प्रदेशलाई निर्देशन समेत दिएको सचिवालयका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah