मनाङ प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतको फैसलाले आफू अचम्ममा परेको बताएका छन्।मनाङेले आफू दोषी ठहर भएको फैसलाले आश्चर्यमा पारेको बताए। सर्वोच्चले मंगलबार ०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मुद्दामा मनाङेलाई पाँच वर्षको कैद सजाय गर्ने फैसलालाई सदर गरेको छ।

‘चक्रे मिलेनलाई खुकुरी प्रहार गरेको प्रकरणमा सामान्य कुटपिटको मुद्दा थियो’, मनाङेले टेलिफोन कुराकानीमा भने, ‘मेरो हकमा पुनरावेदन नभई कसरी म दोषी ठहर भएँ होला र?’

०६१ सालमा भएको घटनामा आफ्नो हकमा सरकारी वकिलले समेत पुनरावेदन नगरेको तर त्यसमा टेकेर सर्वोच्चले फैसला गरेको मनाङेले बताए। आफूले कानुन व्यवसायीसँग सल्लाह गरिरहेको उनको भनाइ छ।

‘यो नेपाल हो, यहाँ जे फैसला पनि हुन्छ’, मनाङेले भने।

सर्वोच्चको फैसला मानेर जेल जाने कि नजाने भनी राखेको जिज्ञासामा उनले अहिलेसम्म मिडियामा हल्ला मात्र चलेको र अदालतको फैसला हेरेर निर्णय लिने बताए।नेपाल लाइभ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah