युवराज विवश
दमक/दमकको एक माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले परिक्षामा चिट चोरेर कक्षाबाट बाहिर निकालिएका छन् । दमकमा सबै भन्दा बढी विद्यार्थी रहेको हिमालय उच्च माविका प्रध्यानाध्यापक बिष्णुकान्त झा चिट चोर्दा चोर्दै कक्षाबाट निकालिएका हुन् । पुस २७ गते कमल गाउँपालिकाको मदन आश्रित बहुमुखी क्याम्पसमा शिक्षा आधार बिषयको परिक्षा लेख्दा उनी पक्राउ परेका हुन् ।

जिल्लामा सबै भन्दा राम्रो पढाइ रहेको सामुदायिक विद्यालयका रुपमा चिनिएको सो उच्च माविका प्रध्यानाध्यापक त्यस लगतै भारत गएका छन् । सो परिक्षा केन्द्रका केन्द्राध्यक्ष तेजराज गिरीले एउटा विद्यालयको प्रध्यानाध्यापकले गरेको व्यवहार असान्दर्भिक रहेको बताए । पूर्वाञ्चल विश्वबिद्यालय अन्र्तगत एमएड तहमा परिक्षा लेख्ने विद्यालयको प्रअले त्यसबारेमा विचार गर्नुभएन्, गिरीले भने, पटक पटक चिट ननिकाल्न आग्रह गरेपनि टेर्नुभएन ।

झाले पहिलो पटक चिट ननिकाल्न आफूले आग्रह गरेको गिरीले बताए । त्यति सम्मानित पेशामा रहेको ब्यक्तिले त्यस्तो निकृष्ट कार्य खेदजनक छ, उनले भने, बारम्बारको चेतावनी दिदा समेत अटेर गर्नुभयो । परिक्षा शुरु भएको २ घण्टा पछी उनले चिट निकालेका थिए । त्यस पछी केन्द्राध्यक्ष गिरीले त्यसो नगर्न चेतावनी समेत दिए ।

तर अटेर गरेर उनले पुन चिट निकालेका थिए । लगत्तै गिरीले उनलाई कक्षाकोठाबाट निकाल्न लाग्दा उनले आफ्नो परिक्षाको कपीको पहिलो पन्ना नै काम नलाग्ने गरि डेटपेनले कोरेका थिए ।

लगतै झालाई परिक्षाकेन्द्रबाट निकालिएको केन्द्राध्यक्ष गिरीले बताए । परिक्षा केन्द्र रहेको क्याम्पसका प्रमुख हेम अधिकारीले घटनालाई असामान्य भनेका छन् ।

त्यसको भोलीपल्टबाट झा विद्यालय गएका छैनन् । विद्यालयका सहायक प्रध्यानाध्यापक ओमप्रसाद आचार्यले झा २८ गतेदेखि विद्यालयमा हाजिर नभएको बताए । भारत जान्छु भन्नु भएको थियो, उनले भने, अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन् । नागरिकदैनिक

बिद्यालयलाइ बदनाम नगर्न आग्रह

यसैबीच बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतले यो बिषय बिद्यालयसंग सरोकार नराख्ने बताएकाछन् । प्रधानध्यापक भएर त्यहाँ परिक्षा दिन नगएको र एकजना बिद्यार्थीको रुपमा गएको हुन सक्ने भन्दै बिद्यालयलाइ बद्नाम नगर्न उनले आग्रह पनि गरे । उक्त बिषय बिद्यालयसंग नजोडिएको र नीजि भएकाले बिद्यालयको नाम जोडेर आइनु उपयुक्त नहुने बस्नेतको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah