दमक/झापाको दमकमा रहेको कन्काइ बैकले दमक महोत्सवलाइ लक्षित गरेर फोटो प्रदर्शनी सहितको फोटो प्रतियोगिता गर्ने बताएपनि नगरेको पाइएको छ । बैकले झापा, इलाम र मोरग जिल्लाका पत्रकारहरुसंग फोटो मागेको थियो ।
पत्रकार महासंघसंग समन्वय गरेर एकजना पत्रकारबाट ३ वटाका दरले फोटो मागेको थियो । त्यहाँबाट छनौट गरेर महोत्सवमा स्टल बनाइ राख्ने र त्यहिबाट दर्शकले मत दिएर उत्कृष्ठ ६ फोटोलाइ पुरस्कृत गर्ने बैकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यले जनाएका थिए । आफूहरुले भनेजस्तो. फोटो नआएको भन्दै उनले आफ्नो बचावट गरे ।
पर्याप्त फोटो नआएका कारण गर्न नसकिएको बैकले जानकारी दिएको पत्रकार महासंघका झापा जिल्ला सचिब सन्तोष आचार्यले बताए । पत्रकारहरुले भने फोटो पठाएको बताउदै आएकाछन् । प्रतियोगिता भनेपछि जति फोटो आएपनि त्यति राख्नु पर्नेमा बैकले नराखेर पत्रकारलाइ नै ढाँटेको भन्दै आलोचना हुदैछ ।
यस्तो थियो सूचना
झापा,इलाम र मोरङका फोटो पत्रकार मित्रहरुका लागि सूचना
यही पुस २७ देखि माघ ८ गतेसम्म हुने दमक महोत्सवमा फोटो प्रदर्शनी समेत गरिदैछ । कनकाई विकास वैंकको आयोजना तथा नेपाल पत्रकार महासंघ झापाको संयोजनमा हुने फोटो प्रदर्शनीमा भोटिङका आधारमा उत्कृष्ट ६ फोटोलाई पुरस्कृत गरिने छ । साथै वैंकले निकाल्ने आगामी वर्षको क्यालेण्डरमा उक्त फोटो समावेश गरिने जानकारी गराइन्छ ।
अतः झापा,इलाम र मोरङका फोटो पत्रकार मित्रहरुले आफूलाई उत्कृष्ट लागेका पाँच वटा फोटो निम्न इमेल ठेगानामा फोटोको क्याप्सन र आफ्नो नाम, सम्पर्क नम्वरसहित पुस २४ गते सम्ममा पठाउनुहुन अनुरोध छ । फोटो तीनै जिल्लाको सेरोफेरो भित्र जुन विषयको पनि हुन सक्नेछ ।
जस्तैः धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक इमेलः
[email protected] थप जानकारीका लागि ः एकराज गिरी ९८४२६३४१६१ (उपाध्यक्ष, पत्रकार महासंघ) सन्तोष आचार्य ९८४२७३२९६९ (सचिव,पत्रकार महासंघ) भेषराज भूजेल ९८५१०७०६३१(अप्रेशन प्रमुख, कनकाई विकास वैंक)



