पाडाजुंगी ,३ माघ / झापाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेल मैदानमा पूर्वाञ्चलस्तरिय फूटवल प्रतियोगिता हुने भएको छ ।
गुहेश्वरी युवा क्लवका दिवंगत सदस्य विशाल खड्काको स्मृतिमा यहि माघ १९ गतेदेखि २६ गते पूर्वाञ्चलस्तरिय फूटवल प्रतियोगिता हुन लागेको हो । क्लवले आज पाडाजुंगीमा पत्रकार सम्म्ेलन गरि खेलको तयारीका बारेमा जानकारी दिएको हो l
पत्रकार सम्मेलनमा प्रतियोगिता मुल आयोजक समितिका सदस्य लालबहादुर विष्ट,खेल संयोजक विनय श्रेष्ठ,क्लवका अध्यक्ष कृष्णबहादुर कार्कीले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।
प्रतियोगितामा विर्तामोड यूनाईटेड क्लव, रेड हर्स फूटबल क्लव इलाम, सयपत्री युवा क्लव यासोक, धनकुटा फूटबल क्लव, सुनसरीको राष्ट्रिय जागृति क्लव ,पथरी फूटबल क्लव, शसस्त्र प्रहरीको टिम र आयोजकसहित ८ वटा टिम सहभागि हुने छन् ।
प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा , हाइस्कोरर , बेस्ट मिडफिल्डर, बेस्ट स्टाइकर , बेस्ट डिफेन्स , बेस्ट गोल किप्पर , सहितलाई जनही नगद ५ हजार ,ट्रफि मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छन् । त्यस्तै ,खेल अवधिभर एकजना उत्कृष्ठ खेलाडीलाई नगद ७००० सहित ट्रफी , मेडल प्रमाणपत्र र दैनिक म्यान अफ दि म्याच लाई नगद २ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।
प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र थालिएको अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगितामा करिव ९ लाख ६५ हजार ६६६ रुपैया अनुमानित खर्च हुने जनाईएको छ । क्लवका दिवंगत सदस्य खड्काको २०७३ मंसिर ८ गते रामेछापमा विभत्स हत्या गरिएको थियो ।



