विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाले राजश्व शाखामा एसएमएस प्रणालीको शुरुवात गरेको छ । अब सेवाग्राहिले कर तिर्नसाथ मोवाइलमा एसएमएस आउनेछ । कति कर तिरेको र कति बाँकी छ भन्ने एसएमएसले जानकारी दिने छ ।

नगरपालिकाको कर शाखालाइ प्रविधिमैत्री बनाउने कार्य अन्र्तगत यो सेवा थप गरिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । सेवाग्राहिहरुको सहजताका लागि नै यो कदम चालिएको उनको भनाइ रहेको थियो ।

दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहालका अनुसार नगरपालिकाको महत्वपूर्ण शाखाको रुपमा रहेको राजश्व शाखाको कामलाइ छिटो छरितो बनाउनका लागि मात्र नभएर हरेक सेवाग्राहिले आफूले कर तिरेको बिषयमा ढुक्क हुनका लागि यो महत्वपूर्ण कदम हो ।

नगरपालिकाले अझै घरबाट नै बसिबसि अनलाइनबाट नै कर तिर्न सक्ने अवस्था सिर्जना गर्ने तयारी गरेको पनि जानकारी दिए । एकदेखि डेढ महिनाभित्रमा नै यो सम्भव रहेको उनको भनाइ थियो ।

दमक नगरपालिकाले यसभन्दा अगाडि नै कर शाखामा डिजिटल टोकन प्रणाली लागु गरिसकेको थियो । सेवालाइ सहज र सरल बनाउनका लागि नगरपालिकाले प्रविधिको उच्चतम प्रयोग गरिरहेको आइटिशाखा प्रमुख समिप चुडालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah