दमक/पूर्व डिआइजि तथा प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाइ नयाँ सरकार बन्न अगावै पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयहरुलाइ सर्कुलर गरेको छ ।

३ वटा महानगरीय प्रहरी परिसर र ७४ जिल्लाका प्रहरी कार्यालयलाई प्रहरी मुख्यालयले सर्कुलर जारी गरेर जसरी पनि पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको श्रोतको भनाइ छ ।

मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा अनुसन्धानका लागि केहि बुझ्नु पर्ने भएकाले सिलवाललाइ उपस्थित गराउन सर्कुलरमा उल्लेख रहेको बताईएको छ ।

सिलवालले आफू पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउदै आएका थिए । सिलवाल साँसदमा निर्वाचित भए लगत्तैदेखि उनलाइ पक्राउ गर्नका लागि सरकारको सक्रियता देखिएको थियो ।

सिलवाल कहिले मलेसिया गएको त कहिले नेपालमा नै रहेको भन्दै बिभिन्न सञ्चारमाध्यमहरुमा समचारहरु समेत आएका थिए । पारिवारिक श्रोतका अनुसार सिलवाल कामको सिलसिलामा अमेरिकामा रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah