लक्ष्मी काफ्ले 

झापामा दिनहुँजसो सवारी दुर्घटना भइरहेको छ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अनेक उपाय अपनाउँदा पनि दुर्घटना हुने क्रम नरोकिएको हो ।

बाक्लो हुस्सुका कारण बिहीबार बिहानै बिर्तामोडमा दुर्घटना भयो । चारपाने चोक नजिकै पूर्व पश्चिम राजमार्गमा बस र ट्रिपर एकआपसमा जुध्दा १२ जना घाइते भए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर आसपमा जुधेका हुन् । तीव्र गतिमा पश्चिमबाट पूर्व आउँदै गरेको ट्रिपर बससँग ठोक्किएपछि पश्चिमतर्फ नै फर्किएको थियो ।

बाक्लो हुस्सु र तीव्र गतिकै कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । बिर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको हो । उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । अरु घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ । ट्रिपर चालक भने अझै फरार छन् ।

अघिल्लो दिन पनि दुर्घटना
बुधबार झापाका दुई छुट्टछुट्टै स्थानमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए । कमल गाउँपालिकास्थित पाडाजुँगी–गौरीगञ्ज खडक खण्डअन्तर्गत मंगलबारे भन्ने ठाउँमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

गौरीगञ्जबाट पाडाजुँगीतर्फ जाँदै गरेको मे ९ प २२९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको को १ ख ५२२३ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल गाउँपालिका–६ का १८ वर्षीय सौरव ताजपुरियाको दमकस्थित लाइफलाइन हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।

बुधबार नै शिवसताक्षीको दूधे–माइधार सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालककै मृृत्यु भएको जनाइएको छ । गौरीगञ्ज गाउँपालिका बस्ने सुजन इजमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम गइरहेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकलले शिवसताक्षी नगरपालिका–१० की गोमा गुरागाईंलाई ठक्कर दिएको थियो । मोटर साइकलमा सवार झापा गाउँपालिका–२ की बिनी सुब्बा र ज्योति सुब्बा पनि घाइते भएका छन् । उनीहरुको बिर्तामोडस्थित ब्री एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।

६ महिनामा ९५ दुर्घटना
पुस महिनामा मात्र झापामा १६ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट १३ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ९५ वटा दुर्घटनाबाट ५४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसो त दुर्घटना न्यूनीकरण गर्न सडकमा खटिएका ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई कारबाही पनि गरिरहेकै छन् । चालु आर्थिक वर्षमा झापा ट्राफिकले २७ हजार ५ सय ५० वटा सवारी साधनलाई कारबाही गरेको छ । जसबाट १ करोड ५५ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

के गर्दैछ ट्राफिक प्रहरी ?
बाक्लो हुस्सुकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ । सडक साँघुरो भएको र सवारी साधनको चाप बढिरहेकाले दुर्घटना न्यूनीकरण हुन नसकेको ट्राफिक प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यभार सम्हाल्न राजधानीबाट सुरुवा भएर भर्खरै प्रहरी निरीक्षक राजेश राई झापा आएका छन् । झापा आएसँगै उनले दुर्घटना न्यूनीकरणका विभिन्न उपाय अपनाइरहेका छन् । ट्राफिक प्रहरीले झापाका विद्यालयहरुमा गएर विद्यार्थी तथा शिक्षकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइरहेको छ । छाडा चौपाया नियन्त्रण गर्नका लागि स्थानीय तहका प्रमुखहरुसँग छलफल चलिरहेको जनाइएको छ ।

‘छाडा चौपायाका कारण दुर्घटना भएमा चौपाया धनीले नै क्षतिपूर्ति बेहोर्ने नियम लगाउन स्थानीय तहका प्रमुखसँग छलफल गरेका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले भने । राजमार्ग आसपासका रुखका हाँगा काट्ने तथा सडक अतिक्रमण हटाउने काममा ट्राफिक प्रहरी जुटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भर्खरै ट्राफिक सप्ताह समेत सम्पन्न गर्याे ।

‘सडक सानो छ, सवारीसाधन बढेको बढ्यै छन्,’ प्रहरी सहायक निरीक्षक खड्काले भने, ‘सवारीसाधनको यो चाप सडकले नधान्ने भयो, सडक फराकिलो बनाउनै पर्ने देखिन्छ ।’ दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले झापामा टाइम कार्ड लागु गर्ने तयारी गरेको छ । त्यसका लागि टाइम कार्ड छपाइमा र जनशक्ति व्यवस्थापनमा कठिनाइ हुन सक्ने सूचना अधिकारी खड्काले बताए । नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah