दमक/झापाको शिवसताक्षी नगरपालिकामा सामाजिकल परिचालकको रुपमा कार्यरत रहेकी माया सापकोटाले आफ्नो जन्मदिनमा गर्ने फजुल घर्चको सट्टा उर्लाबारी स्थित मंगलवारे अनाथश्रममा रहेका बालबालिकाहरुलाइ शैक्षिक सामाग्रि बितरण र खाजा ख्वाएर जन्मोत्सव मनाइएकीछन् ।
शुक्रबार बिहानै नमुना बालगृह(अनाथश्रम) पुगेर उनले बालबालिकाहरुलाइ खाजा ख्वाउनुका साथै शैक्षिक सामाग्रि बितरण गरेकी हुन् । बालबालिकाहरुसंगै उनले केक काटेर जन्मोउत्सवको खुसियाली मनाइएकी थिइन् ।
लामो समयदेखि सामाजिक परिचालिकाको रुपमा काम गर्दैै आएकी सापकोटाले आफूले बाहिर जन्मदिनमा मनोरञ्जन गर्नु र फजुल खर्च गर्नु भन्दा एकदिन भएपनि बालबालिकाहरुलाइ मिठो ख्वाउनु उत्तम हुने ठानेर त्यहि जन्मोत्सव मनाएको जनाइन् ।





