नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेपाली काँग्रेसले संसदीय चुनावमा पार्टीले व्यहोरेको पराजय र राष्ट्रिय सभाको मापदण्डका बारेमा केन्द्रीय समितिमा आफ्नो धारणा राखेका छन्। सिलसिलेवार रुपमा दश बुँदामा उनका भनाइलाई प्रस्तुत गरिएको छ।

नेपाली काँग्रेसले निर्वाचन हारेकै हो, सिट कम आए पनि पपूलर भोट आएको छ भनेर चित्त बूझाएर बस्ने बेला छैन। यस्तो कुरामा मख्ख पर्नु पार्टीलाई थप समस्यामा पार्नु हो।

यो पटक पार्टी निर्वाचन लडेको जस्तो देखिएन। हरेक ठाउँमा ब्यक्ती मात्र चुनाव लडेको जस्तो देखियो। यस्तो अवस्थामा कसरी परिणाम राम्रो आउन सक्छ ?

म पनि यो निर्वाचनमा हारेको ब्यक्ती हुँ। मलाई कसैले हराएको हैन, म आफै हारेको हुँ। तर आफू हारेपनि दुबै प्रदेस जिताउने म मात्रै एक्लो प्रतिनिधीसभा उम्मेदवार हुँ।

निर्वाचन पछाडी देशभरका नेता र कार्यकर्ता साथीहरूमा निरासा छाएको छ। साथीहरुको मनोबल उच्च बनाउन जरूरी छ। केन्द्रीय समितीले केन्द्रिय प्रतिनिधी पठाएर हुन्छ या के गरेर हून्छ तत्कालै कार्यकर्ताहरूसँग संवाद गर्न जरूरी छ।

कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्नपर्यो ? यसको समिक्षा गर्न जरूरी छ। यसका लागी फागुनको पहिलो साता नै महासमितीको बैठक बोलाइनु पर्छ।

सूजाता कोईराला बाहेक कसैलाई पनी समानूपातिकमा नदोहोर्याउँने सहमती बालुवाटारको यही कोठामा भएको हो तर किन धेरै ब्यक्तीलाई २ पटक र ३ पटक सम्म समानुपातिकको उम्मेदवार बनाईयो?

पार्टीभित्रका यूवाहरूले चलाएको अभियानका बारेमा नेतृत्व पङतीबाटै नकारात्मक टिका टिप्पणीहरू भए। समयमै केन्द्रीय समिती बैठक बसेको भए उनीहरूले त्यहीं आफ्ना कूराहरू राख्नूहून्थ्यो। यसमा अन्यथा लिनूपर्ने थिएन र छैन।

सबै जिम्मेवार साथीहरूले कार्यसम्पादन समिती र संसदीय समिती अवैधानिक भयो भनिरहनुभएको छ। कार्यसम्पादन समितीमा त म छैन। सभापतीज्यूले संसदिय समितिमा मलाई आमन्त्रित सदस्यको रूपमा राख्नुभयो। त्यसका लागी सभापतीज्यूलाई धन्यबाद दिन चाहन्छु। टिकट बितरणमा म बाट पनि केही गल्ती र कमिकमजोरी भयो होला त्यसको जिम्मेवारी लिंदै अवैधानिक भनिएको यो समितीमा आजदेखी म बस्ने छैन भन्ने जानकारी गराउन चाहन्छु।

हुन त प्रदेस प्रमूख नियूक्त गर्ने काम सरकारको हो। अहिले नियुक्त प्रदेस प्रमूखहरूमा कतैबाट पनि खोट लगाउँने ठाउँ छैन। राम्रा ब्यक्तीहरू नियुक्त भएका छन्। तर केही समय पहिले काशिराज दाहालको समितिले सम्बन्धित प्रदेसकै ब्यक्तीलाई प्रमुख बनाउँन हुँदैन भन्ने प्रतिबेदन दिएको थियो । सरकारले बिज्ञको त्यो रिपोर्टलाई बेवास्ता गर्ने काम गरेको छ।

जहाँसम्म राष्ट्रियसभाको कूरा छ पार्टीमा दुःख गरेका धेरै पुराना साथीहरू र अवसर नपाउनु भएका केन्द्रिय सदस्यहरू हुनुहुन्छ। राष्ट्रियसभामा उहाँहरूलाई अवसर दिइनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah