दमक/काँकडभिट्टा फुटबल ट्रनिङ्ग सेन्टर झापा विभागिय टोलि एपिएफलाई हराउदै झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा १–० गोल अन्तरले एपिएफलाई हराउदै काँकडभिट्टा सेमिफाईनलमा प्रवेश गरेको हो । काँकडभिट्टालाई जित दिलाउन खेलको १३ औँ मिनेटमा जर्सी नम्बर ४ का मुन्ना सुब्बाको पासलाई सदुपयोग गर्दै जर्सी नम्बर १० का टिम क्याप्टेन गिल्सन कन्दङ्वाले गोल गरेका थिए । काँकडभिट्टाको जितका लागि कन्दङ्वाको गोलनै निर्णायक बन्न पुग्यो । खेल अवधिभर एपिएफले गोल गर्ने धेरै मौका पाए पनि सदुपयोग गर्न सकेन । आजको खेलमा काँकडभिट्टाका टिम क्याप्टेन गिल्सन कन्दङ्वा म्यान अफ द म्याच घोषित भए ।  भूटानी शरणार्थीहरुले आफु बसेको भूमिको संझना स्वरुप तथा आफुहरुलाई शरणार्थी बनाउने भूटानलाई नैतिक दबाब दिने उद्देश्यले हिजो ६८ औँ विश्व मानव अधिकार दिवशको दिन देखि भूटानी युवाहरुको फुटबल क्लब फ्रेन्स क्लब अफ विआरसि भूटानले प्रतियोगिताको शूरु गरेको हो । प्रतियोगिता पुस २ गते भूटानको राष्ट्रिय दिवशको दिन सम्पन्न हुने छ । प्रतियोगितामा स्वदेश तथा वदेशका ८ टिम सहभागि छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच भोलिको खेलमा आयोजक फ्रेन्स क्लब अफ विआरसी भुटान र मंगलबारे फुटबल क्लब मोरंगबीच खेल हुने आयोजक कमिटीका अध्यक्ष युवराज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah