पोखरा, १५ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले घोषणा गरेर नभई बत्ति बालेर मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा जुटेको बताउनुभएको छ ।

कास्की जिल्लाको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको यहाँ आज उद्घाटन गर्दै उहाँले प्राविधिक कारणले तराईका केही जिल्लाबाहेक हाल मुलुकमा कहीँपनि विद्युत्भार कटौती नभएको बताउनुभयो । जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनसहभागिता अपरिहार्य रहेको बताउँदै उहाँले उत्पादित विद्युत् खपतका लागि मुलुकमा ठूला उद्योग सञ्चालनमा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्छ भन्नुभयो ।

‘नेपालको पानी जनताको लगानी’ भन्दै उहाँले विद्युत् उत्पादनसँगै औद्योगिकीकरण गरेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति भाषणको नभई उद्योमशीलता र मुलुकको समृद्धिका लागि गर्नुपर्ने बताउनुभयो ।

सांसद यज्ञबहादुर थापाले निजी क्षेत्रको व्यावसायिक कौसलतालाई प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रको रक्षाका लागि मुलुकमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपालको निजी क्षेत्र जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउँदै सरकारले लगानीको सुनिश्चितता दिन माग गर्नु भयो ।

रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक लगानी जुटाएर निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो जाँदा लागत बढेर रु सात अर्ब पुगेको जलविद्युत् आयोजनाका अध्यक्ष विजयबाबु मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको २० प्रतिशत र चाइना अन्तर्राष्ट्रिय वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) को ८० प्रतिशतको आर्थिक सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजनाको निर्माण कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah