राजविराज, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउनुभएको छ ।

आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार राजविराजमा आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका’ विषयको अन्तक्र्रियामा उहाँले धेरै भिड हुने कार्यालयमा आउने सेवाग्राहीले छिटो काम सकाएर जानका लागि कर्मचारीलाई रकम दिने गरेको बताउँदै भन्नुभयो, “सप्तरी मालपोत कार्यालयमा दैनिक ५० देखि सय वटा रजिस्ट्रेसनसम्म हुन्छ तर यत्रो भिडमा जो कोहीले पनि चाँडै काम होस् भन्ने अपेक्षा राख्छन् । यसैले चाँडो काम गराउनका लागि सेवाग्राहीले रकम दिने गरेको र कर्मचारीले पनि रकम लिन पल्केका छन् ।”

भट्टराईले खुद्रा पैसाका नाममा पनि भ्रष्टाचार भइरहेको बताउँदै रु पाँच, दश दिन पनि कोही चाहँदैनन्, लिनेले पनि माग्दैनन् ।” गाविस सचिवहरु गाविस कार्यालयमा नगएमा तिनलाई कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा सप्तरीका प्रजिअ बलदेव गौतमले कर्मचारीले कामका नाममा बढी रकम माग्दा निरुत्साहन गर्न सेवाग्राहीसँग आग्रह गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालले स्थानीय निकायमा जनप्रतिनिधि नभएको र आयोजनाको नियमित अनुगमन नभएका कारण भ्रष्टाचार बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah