सामुदायिक रेडियो प्रशारक संघको नेतृत्वमा सत्तागठबन्धन पराजित
२०७३ पुष २३, शनिबार ११:३१ गते
मिश्रीत परिणाम, बहुमत विपक्षी एमाले गठबन्धनको
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब)को नेतृत्वमा मिश्रीत परिणाम आएको छ । सत्ता गठबन्धन र विपक्षी गठनबन्धको छुट्टा–छुट्टै समुह बनेकोमा नेतृत्वमा सत्ता गठबन्धनलाई पिक्षले पराजित गरेको छ । अध्यक्षमा चौतारी चौतारी निकटका सुवास खतिवडाले युनियनका किशोरजंग थापिालाई पराजित गरेका छन । काठमाडौंमा भएको १२ औ साधारणसभा तथा छठौं अधिवेसनमा सुवास खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार बिहान सकिएको मतपरिणामबाट आफ्ना निकटतम प्रतिद्धन्दी किशोरजंग थापालाई हराउँदै अतिवडा अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले कूल खसेको मतको १४२ मत प्राप्त गर्नु भएको छ भने थापाले १ सय ३२ मत ल्याउनु भएको छ । अधिवेसनका लागि प्रतिनीधि चुनिएका कूल २ सय ८७ मध्ये २ सय ७६ मत खसेको थियो । बरिष्ठ उपाध्यक्षमा होम पाठकलाई हराउँदै अर्जुन गिरी निर्वाचित भएका छन् ।
गिरी युनियनका उम्मेदवार हुन भन्े पाठक चौतारीका उम्मेदवार हुन् । पाठकले १ सय ३० मत प्राप्त गरेका छन् भने विजयी गिरीले १ सय ४० मत लाए । १० मतको अन्तरले गिरी विजयी भएका हुन् । महासचिवमा पनि माओवादी र कांग्रेस निकट गठबन्धन नै विजयी भएको छ । त्यस्तै महासचिवमा गोविन्द देवकोटा १ सय ३६ मत प्राप्त गरि विजयी भए । उनका प्रतिस्पर्धीका रुपमा रहेका पिताम्बर सिग्देलले १ सय २८ मत ल्याऐ ।
देवकोटा यसअघि पनि महासचिव थिए । त्यस्तै सचिवमा बन्दना दनुवार १ सय ४२ मत प्राप्त गरि युनियनका तर्फबाट बनेको उम्मेदवार तुला अधिकारीलाई २३ मतले पराजित गरिन । अधिकारीले १ सय १९ मत मात्रै ल्याए । त्यस्तै कोषाध्यक्षमा लक्षणम खड्का १ सय ३५ मत प्राप्त गरि विजयी भएका छन् । खड्काले सुदर्शन खतिवडालाई ६ मतको अन्तरले हराएका हुन् । प्रदेश सभाको निर्वाचनमा सात प्रदेश मध्ये ४ एमाले र बाँकी तीनमा माओवादी कांग्रेसले जितेका छन् । जितेका तीनै प्रदेशमा एक मतले एमाले गठनबन्धन हारेको छ ।
महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी हुनुभयो । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत पाउनुभयो । एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन हुनुभएको छ । अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाउनुभयो । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी हुनुभएको छ । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाउनुभयो । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन हुनुभएको छ ।