काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको (साउन २ गते) लागि एक अमेरीकी डलरको खरिददर १०९ रुपैयाँ २३ पैसा तोकेको छ । बिक्रिदर १०९ रुपैयाँ ८३ पैसा रहेको छ ।
एक युरोको खरिददर १२७ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३६२ रुपैयाँ ७१ पैसा रहेको छ ।



