काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै कायम रहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, लगातारको साताझै आज आइबार पनि चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको छ।



