काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो बिहीबार पनि ७३५ रुपैयाँमै कारोबार भइरहेको छ ।



