काठमाडौं । नेपाली समाजमा सुनचाँदीजन्य धातुलार्इ निकै शुद्ध मानिन्छ । जुनसुकै धार्मिक कार्यहरुमा सुनचाँदीको प्रयोग गर्ने गरिन्छ । सुनचाँदी दान गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने जनअास्था रहेको छ । अझ भनौं हुने खानेहरुले सुनचाँदी दान पनि गर्छन् ।

केही दिनयता बजारमा सुनचाँदीको मूल्य घटेपछि र हिन्दू नारीकाे महान पर्व तीज नजिकिदै गर्दा बजारमा सुनचाँदी किन्नेकाे संख्या दिनानुदिन बढिरहेको छ ।

पछिल्ला तीन दिनदेखि बजारमा सुनचाँदीकाे मूल्यमा भने कुनै परिबर्तन भएकाे छैन ।

बुधबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार पनि बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah