दमक÷ कृषिको व्यवसायिकता र आधुनिकताका लागि झापामा शुरु गरिएका कार्यक्रमहरु बारे दमकमा जानकारी गराईएको छ । जिल्ला कृषि विकास कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा झापामा सञ्चालन भई रहेका र योजना बनाईएका कार्यक्रमबारे आज जानकारी गराईएको हो ।
कार्यक्रममा कार्यालयकी योजना अधिकृत शितल भट्टराईले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमबारे जानकारी दिइएको थियो ।
कृषि विकास, उपलव्धि, संभावना र चुनौती बिषयमा आयोजित अन्तरक्रियामा कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले झापामा १ लाख २० हजार ५ सय १२ किसान परिवार रहेको र कृषकहरुको जनसंख्या ५ लाख ३० हजार २ सय ५३ रहेको जानकारी दिए ।
कार्यक्रममा पत्रकार गोपाल झापालीले झापाको कृषि र सञ्चार माध्यममा कृषि बिषयक आधार पत्र प्रस्तुत गरेका थिए ।
भू–उपयोग नीति कार्यान्वयन नहुँदा खेतीयोग्य जमिन अव्यवस्थित रुपमा प्लटिङ् भई रहेको, सिँचाईको अभाव, बिषादीको उच्च प्रयोग जस्ता समस्या झापाको कृषिमा देखिएको आधार पत्रमा उल्लेख छ ।



