दमक /झापाको दमकमा मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमबीच बैकको शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले गर्नु भयो ।
उद्घाटन गर्दै ओलीले दमकको आर्थिक सम्बृद्धिका लागि बैकहरुको आवगमन सकारत्मक भएको जनाउनु भयो । उहाँले बैकहरुले नगरको बिकासमा सहयोग पुग्ने गरी र गरिबीका रेखामुनी रहेकाहरुलाइ समेत सम्पन्न बनाउने किसिमले लगानीको क्षेत्र बढाउनु पर्ने सुझाव दिनु भयो । दमक नगरपालिका ५ मा शाखा कार्यालय उद्घाटन भएको हो ।
२०६३ सालमा स्याङजा जिल्लामा तीन जिल्ले बैंकको रुपमा स्थापना भएको मुक्तिनाथ विकास बैंकले एक दशकको यो अवधिमा राष्ट्रिय स्तरको बैंकको मान्यता पाएको र शाखा बिस्तार भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले जानकारी दिनु भयो । झापामा मुक्तिनाथ विकास बैंकको यो पहिलो शाखा हो ।
पोखरेलका अनुसार बैंकको २ अर्ब ५९ करोड चुक्ता पूँजी रहेको छ । उहाँले गत आर्थिक बर्षको अन्त्यसम्ममा ३० अर्ब ३५ करोड रुपैयाँ निक्षेप रहेको बताउनु भयो । उहाँले सहज रुपमा सरल ब्याजदरमा आफ्ना उपभोक्ता तथा ग्राहकलाइ सेवा प्रदान गर्ने नै आफुहरुको लक्ष्य रहने प्रतिबद्धता पनि जनाउनु भयो ।
बैंक उद्घाटन शत्रमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले दमकमा आर्थिक कारोबार बढ्दै गएको संकेत बैकहरु थपिनु भएको भन्दै सहज रुपमा सेवा प्रदान गरिनु पर्ने बताउनु भयो । बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाई, वडाध्यक्ष इन्द्र गुरुङ्ग लगायतले शुभकामना ब्यक्र गर्नु भएको थियो ।



