दमक/इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकले आफ्ना ग्राहक तथा उपभोक्तालाइ लक्षित गरेर नयाँ योजना सार्वननिक गरेको छ । वर्ल्डलिंक दमक शाखाका प्रबन्धक राजन तिम्सिनाका अनुसार देशभर जम्बो खर्च कम भो अफर ल्याएको जानकारी दिएकाछन् । उनका अनुसार ६ महिनाको इन्टरनेट खरीद गर्दा ६ महिनाको नेट टिभी र सेटअप बक्स निशुल्क उपलब्ध गराइने छ ।
यो अफर अन्तर्गत २० एमविपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय, ३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नुपर्ने बताइन्छ ।
यो योजना भदौंसम्म मात्रै लागु हुने समेत बताईएको छ ।वल्र्डलिंकले दमक सहित पुर्वी नेपालमा समेत क्षमता र क्षेत्र बिस्तार गर्दै आएको छ ।



