काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तेजावी सुन प्रतितोला मूल्य ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला मूल्य ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, शुक्रबार भने बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।



