माघ-५ दमक÷बिष्णु प्रसाद पोख्रेल-झापाको दमक १७ का बासिन्दाले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार मावा पूलको शिलन्यास गर्ने थाहा पाएका थिए । खोलाको पश्चिमभागमा स्टेज पनि बनिरहेको थियो र शिलन्यासका लागि खाल्डो समेत खनिएको थियो । तर बुधबार दिउसो नै एकाएक हल्ला चल्यो मन्त्री आएर पुलको शिलन्यास केहि बेरमा नै गर्ने भनेर । पूल उपभोक्ता समितिका केहि पदाधिकारीहरुलाई माओबादी केन्द्रका एक नेताले फोन गरेर मन्त्री आउने र शिलन्यासको तयारी गर्न भनेर अहए ।
माओबादीका नेता गगन पुरीसंग बिहान नेकपा एमालेका केहि नेताहरुको शिलन्यासको बिषयमा बुधबार बिहान बिबाद भएको थियो । माओबादी नेता पुरीले बिकास निर्माणमा एकलौटी रुपमा नेकपा एमालेले आफूले ल्याएको योजना भन्दै आफूहरुलाई बेवास्था गरेको भन्दै आपत्ती जनाएर आफूले ओलीले भन्दा अगाडि नै शिलन्यास गर्ने भन्दै धम्कि दिएका थिए । त्यहि अनुसार पुरीले तत्कालै शिलन्यासका लागि आफ्ना निकटका साथीहरुसंग छलफल गरे । स्थानीयहरुलाई जुटाउन मन्त्री आउने भनेर बताइएपनि माओबादीका स्थानीय नेता कार्यकर्ता देखि लिएर स्थानीय केहि कार्यक्रममा सहभागि भए ।
ओलीले शिलन्यासको लागि तयारी गरिरहेभन्दा ठिक बिपरित पुरीले आफै उक्त पुलको शिलन्यास गरेकाछन् । उनि आफैले पुलको शिलन्यास गरेपछि कतिपय स्थानीयहरु समेत आश्चर्य चकित भएको देखिन्थ्यो । पुरी आफैले पनि यसरी शिलन्यास गर्नु पर्ने कारणबारे त्यहाँ बोल्दै भने, हामीले पनि पुल लगायतका बिकास निर्माणमा खटेका छौ तर हामीलाइ वास्ता नै नगरिगन केपी शर्मा ओलीले शिलन्यास गर्ने गरेकाछन् । अगाडि पनि धेरै पटक यस्तो भएको छ र त्यसलाई सहेका थियौ तर अब अति भएर सहन नसकेका हौ ।
शिलन्यासमा सहभागि स्थानीयहरुले मन्त्री नआएपछि सोध्दै थिए–‘खोइ त मन्त्री आउने भनेको होइन ।’ कतिपय माओबादीका जिम्मेवार नेताहरुलाइ पनि मन्त्री आउने भनेर भनिएको रहेछ । पुरीले एमाले पार्टी बाहेकका केहि अन्य राजनीतिक दलका नगर तथा क्षेत्रिय स्तरका पार्टीका नेताहरुलाइ शिलन्यासमा सहभागि हुनका लागि बोलाएपनि ब्यस्तताका कारण देखाउदै उनिहरुले सहभागिता नजनाएको एक माओबादी नेताले बताए । नाटकीय रुपमा भएका शिलन्यासले दमकमा रामै्र चर्चा शुरु भएको छ ।
यस क्षेत्रका साँसद समेत रहेका ओलीले पुलको शिलन्यास गर्ने भनेर एक महिना अघिनै तय भइसकेको र यो हर्कत लज्जाश्पद भएको नेकपा एमालेका एक नगरकमिटी सदस्यले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah