दमक/झापा दमकका उदयमान युवाहरुले सञ्चालनमा ल्याएको नेशनल इलेक्ट्रोनिक्सले नेपालीहरुको प्रंमुख चाड दशैको अवसरमा बिशेष छुट सहितको उपहार कार्यक्रम ल्याउने भएको छ ।
इलेक्ट्रोनिक्स समानको खरिदमा छुटसहित उपहार कार्यक्रम ल्याउन लागिएको सञ्चालक रमेश लुइटेलले बताए । बिगत बर्षहरुमा भन्दा बिशेष किसिमको धमाका यो पटक हुने उनको दाबी छ ।
आउदो असोज असोज २४ गतेदेखि २६ गतेसम्म दमक चोकमा धमाका रहने उनको भनाइ छ । आफुहरुले ३० प्रतिशतसम्म छुट दिने उनले बताए ।
सामसुङ ,यसुदा र साम्सुईका टिभी,फ्रिज,वासिङ मेसिन,एसी,कुलर,ओभन, कुकर जस्ता घरायसी समानहरुमा बिशेष छुट रहेको जनाईएको छ । डेल,लेनेभो कम्प्यूटर,ल्यापटप,प्रिन्टर लगायतका समानहरु विक्री गर्दै आएको छ ।



