काठमाडौ । लेखक तथा विश्लेषकहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजनेताको संज्ञा दिएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा प्रसिद्ध लेख तथा विश्लेषकहरुले ओली वीपी कोईरालापछीकै चर्चित र राष्ट्रवादी प्रधानमन्त्री भएको बताए । ओलीका विषयमा लेखिएको ‘प्रधानमन्त्री हुँदा’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रसिद्ध विश्लेषक सौरभले ओलीले भारतसंग टक्कर लिएर देशको शीर उँचो बनाएको बताए । उनले भने ‘जुन दिन ओलीले तेह्रथुममा तीसौं वर्षअघि बेचेको घर पुनः किनेको समाचार पढेँ, त्यही दिनदेखि लाग्यो,यो नेताले देशको माटोलाई माया गर्छ । जुन दिन उनले मोदीसँग टक्कर लिए,त्यसपछि लाग्यो यो नेताले देशभक्तिको रक्षा गर्छ । सौरभले अब एमालेले स्वीप गर्ने गर्ने चुनाव जीतेपनि ओली प्रधानमन्त्री बन्न नसक्ने बताए । यस्तै अर्का वरिष्ठ पत्रकार विजयकुमारले वीपी, मनमोहन र कृष्णप्रसादपछी ओलीनै आफ्ना लागि माननीय भएको बताए । उनले ओलीलाई एमालेको मात्र नभएर देशकै नेता भएकोले छाती फराकिलो बनाउन आग्रह समेत गरे । अर्का वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले देशभक्तीलाई ब्युझाएको भन्दै ओलीको प्रशंसा गरे । भण्डारीले भने ‘आज गर्व गर्न मन लागेको छ,नेपालले अ‍ोली जस्ता राजनेता पाएको छ । जसले स्वभाभिमानको झण्डा उचाल्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah