
दमक- दमक नगर बिकास दमकको हालै अध्यक्ष नियुक्ती भएका पर्शुराम रिजालले आफू दमकलाइ हवाइ मैदान सहितको दमक बनाउने कार्यमा लाग्ने बताएकाछन् । उनले दमकको बिकासमा सबैसंग मिलेर दूइ बर्षमा बिकासका थुप्रै काम गर्ने बताएकाहुन् ।
रिजालले दमक बजारमा सार्वजनिक शौचालय ब्यवस्थित नभएकोले पिसाव लाग्यो भने च्यापेर बस्नु पर्ने अवस्था रहेको बताउदै यसको अन्त्यका लागि प्रयास गर्ने जनाए । उनले फोहोरमैला ब्यवस्थापन सहित दमकलाई हरित नगर बनाउने योजना आफूसंग रहेको उल्लेख गरे ।
रिजालले पहिलाजस्तो मन्त्री फेरिएपिच्छे समितिको अध्यक्ष नफेरिने जनाउदै फेरिए अदालतसम्म जान सकिने बताए । तर त्यो अवस्था नआउने उनको भनाइ थियो ।
https://www.youtube.com/watch?v=zkwmftZbARg&t=5s



