काठमाडौं – आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ।गएको मंगलबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँ घटेको तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी , आज चाँदी तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




