काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु भएको हो ।

कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

कार्यविधिमा विदेशबाट फर्केका युवाहरुलाई उनीहरुसँग भएको सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिएर सम्वन्धित बैंक तथा वित्तिय संस्थाले वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत कर्जा दिनेछन् ।

श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा वा व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा लिन सक्ने कार्यविधिमा उल्लेख छ ।

यस्तो कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah