दमक तपाइ बिस्कुट या खाद्य पदार्थ किनेर खादै हुनुहुन्छ ? आफ्ना बालबालिकालाई बिस्कुट किन्दा त्यसको उपभोग्य मितिको बिषयमा ख्याल गर्नु भएको छ ? यदि छैन भने होस गर्नुहोस् दमक र आसपासको क्षेत्रमा उपभोग्य मिति समाप्त भइरहेको बिस्कुट बिक्रि बितरण भइरहेको पाईएको छ ।
दमक बजार अनुगमनको क्रममा यस्तो पाईएको हो । सोमबार दमकमा भएको अनुगमनमा ब्रीटीनिया कम्पनीका अधिकाँश बिस्कुटहरु मिति समाप्त भए पनि बजारमा खुलेआम बिक्रि भइरहेको पाईएको खाद्य निरिक्षक दिनेश ढुंगनाले बताए । पंकज भेराइटी दमक थोक बिक्रेता रहेको यस बिस्कुटको डिलरमा समेत अनुगमन भएको थियो । डिलरमा उपभोग्य मिति समाप्त भएका बिस्कुट नभेटिएपनि पसलमा भेटिएका थिए । पसल सञ्चालकहरुले एकसाता अघिमात्र ल्याएर राखिएको बिस्कुट उपभोग्य मिति समाप्त भएको भेटिएको भन्दै आफ्नो बचावट गरेका थिए ।
यसैबीच बजारमा उपभोग्य मिति समाप्त भएका बिस्कुट फेला परेपछि दमक भित्रबाट २४ घण्टाभित्र र बाहिरबाट एकसाताभित्रमा सबै उपभोग्य मिति समाप्त भएका बिस्कुट फिर्ता ल्mयाउने र आफूहरुको नियत खराब नभएको पंकज भेराइटीका प्रोपाइटर फरेन्द्रराज अग्रवालले बताए । कम्पनीले उक्त बिस्कुट फिर्ता लिने भएकाले जानजान त्यस्तो नगरेको र केहि दिन मिति बाँकी रहदा बजारमा बिस्कुट गएको हुनसक्ने उनले स्वीकार गरे । इलाका प्रशासन कार्यालयमा बिस्कुट फिर्ता गर्न दिएको निर्देशन भिडियोमा हेर्नुहोस् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नु होला। 

https://www.youtube.com/watch?v=EMONWZybd3g&feature

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah