दमक÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पञ्जाबाट नेपाललाई मूक्त बनाएको बताएकाछन् । ठूलो जोखिम मोलेर आफूले देश बिकासको लागि भारतको पञ्जाबाट मुक्त गराएको बताएकाहुन् । उनले आफ्नो पञ्जामा नेपाललाई राखिराख्न चाहेको उल्लेख गर्दै ओलीले आक्रमक रुपमा भारतको पञ्चाबाट भुत्काएको स्मरण गरे । अहिले देश अब संसारसंग गासिन पुगेको जनाउदै चीनसंगको नाका खोल्नु ठूलो सफलता भएको जिकिर गरे ।
झापाको दमकमा शुक्रबार प्रदेश नं. १ को बैठकलाई सम्बोधन गर्दै ओलीले फागुण २१ गतेदेखि शुरु हुने मेची महाकाली जागर अभियानमा जनतामाझ लैजानका लागि आफूहरुले थुप्रै काम गरेको बताउदै अब सबै बडारिदै जाने दाबी गरे । मेचीको काकडभिट्टाबाट शुरु भएर महाकालीमा गएर सम्पन्न हुने यस जनशक्ति प्रदर्शनमा पार्टीका हरेक नेता कार्यकर्ता देखि लिएर समर्थकसम्मको सहभागिता रहने ओलीको भनाई थियो ।
यसलाइ आफ्नो पार्टीले महाअभियानको रुपमा अघि बढाउने जनाउदै ओलीले यसले राष्ट्रिय राजनीतिमा अकल्पनीय उतारचढाव ल्याउने दाबी गर्नु भयो । अभियानको बारे प्रष्ट पार्दै ओलीले भन्नुभयो–‘जगाउनु पर्नेहरुको आत्मबल जगाउछ, मनोबल खसाउनु पर्नेको मनोवल खसाउछ र एउटा नयाँ जागरणको शुरुवात हुनेछ ।’
प्रदुषित बिचारहरुलाई भेलले बगाएजस्तो बगाउनका लागि आफूहरुको अभियान सफल हुने जनाउदै एमाले बिरुद्ध चलाइएका भ्रमहरुलाई परास्त गर्ने ओलीले दाबी गरे । आदिबासी, मधेशी, दलित बिरोधी भन्नेहरुले यो अभियानबाट जवाफ पाउने भन्दै ओलीले एमाले जनताको माझको जनताको पार्टी बन्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah