काठमाडौं : डिम्याट खाता पनि बैंक खाता जस्तै हो। यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ।

हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन्। आफूलाई पायकपर्ने कुनै कम्पनीमा गएर ‘डिम्याट’ खाता खोल्नुपर्छ। यसका लागि नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ।

पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो। त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ। डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ। सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ। खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ।

यसकारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो। डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ।त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ।

त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छन्।सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ। हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिँदै आएका छन्।

सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन। नियमितरूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा (ब्लु चिप) कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन्।

अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ। सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरणलगायत बैंकले माग्ने कागजात चाहिन्छ।

नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ। भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार सुरु गरिएको हो।

यो व्यवस्था लागू भएपछि प्राथमिक निष्कासनमा परेको सेयर डिम्याट रूपमै पाइन्छ। तपाईंलाई परेको सेयर तपाईंको डिम्याट खातामा सीधै जम्मा हुन्छ। यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ। सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ।

के हो सीआरएन नम्बर ?
खाता रहेको बैंक तथा वित्तीय संस्थाले सीआरएन नम्बर उपलब्ध गराउँछन्।अहिले यो अनिवार्य गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah