
दमक/झापाको दमक नगरपालिकाले दमक गोल्डकप सञ्चालन गर्ने भएको छ । दमक नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले ७ लाख राशिको दमक गोल्डकप गरिने बताएकाहुन् । नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिककरण कार्यक्रममा उनले आउदो बर्षदेखि दमक गोल्डकप सञ्चालन गरिने बताएकाहुन् ।
नगरपालिकाले आउदो बर्षदेखि यहाँ रहेका खेलकुल सम्बन्धिका क्लवहरुसंग पनि सहकार्य गरेर अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । दमक नगरपालिकामा लामो समयसम्म नगर खेलकुद बिकास समिति नै बनेको थिएन । हाल कार्यकारी अधिकृत यूवराज दाहाल अध्यक्ष र उपाध्यक्षमा प्रविण चाम्लिङ रहेको खेलकुद समिति बनेको छ ।



