काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार एकाविहानै साइरन बजाउँदै सिन्धुपाल्चोकतिर हान्निए । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य ढिला भएको भन्दै त्यसको अनुगमन गर्न भनी उनी शुक्रबार एकाविहान मेलम्चीको ड्याममा पुगेका हुन् ।

आयोजना तीब्र गतिमा हुन नसकेको भन्दै निर्माण गति र त्यसका समस्या बुझ्न उनी आयोजनास्थलमै पुगेका हुन् । मेलम्ची खानेपानीको ड्याममा पुगेका उनी त्यसै फर्किन चाहनेनन् । सुरुङ निर्माण कार्यको प्रगति हेर्न भन्दै टाउकोमा इन्जिनियर तथा कामदारले लगाउने सेता हेलमेट लगाएर सुरुङ भित्र छिरे ।

melamchi-surungमेलम्ची पुगेका प्रधानमन्त्री प्रचण्डलाई मेलम्ची आयोजनाका निर्देशक घनश्याम भट्टराईले ब्रिफिङ गर्दै आगामी एक वर्षभित्र काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने विश्वास दिलाउन खोजे ।

प्रति महिनामा एक किलोमिटर सुरुङ खन्ने काम भएको भन्दै निर्देशक भट्टराईले एक वर्षभित्र सम्पन्न हुने विश्वास ब्यक्त गरे । प्रचण्डले भने आफ्नो कार्यकालमै मेलम्ची आयोजना सम्पन्न भएको जस आफू लिन चाहेका छन् । त्यसैले उनी जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न आयोजना निर्देशकलाई दिर्नेशन दिए ।

मेलम्ची उपत्यकाबाट काठमाडौं उपत्यका पानी पथान्तरण गरिएवापत प्रभावित स्थानीयहरुलाई दिइने सहयोग वा क्षतिपूर्ति सम्बन्धि निर्णय हुनुपर्ने स्थानीयको माग छ ।

आयोजना कार्यान्वयनको हालको अवस्था

विभिन्न खण्डहरुमा क्षतिग्रस्त भएका पहुँच मार्गहरुको मर्मत गरिएको निर्देशक भट्टराईले जानकारी दिए । सबै अडिट प्रवेश मार्गहरु नियमित मर्मत तथा सुधार पश्चान सञ्चालनमा रहेको उनले बताए । भट्टराईका अनुसार मुख्य प्रवेश मार्ग लामिडाँडा–टिम्बु–हेडवक्र्स खण्ड पुनः निर्माण गर्नुपर्ने छ ।

दोस्रो चरणको लक्ष्य तथा कार्य प्रगति

आयोजना निर्देशक भट्टराईले आयोजनाको प्रगति निर्माणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै आयोजनाको दोस्रो चरणको निर्माणका लागि प्रारम्भिक कार्यहरु शुरु भएको जानकारी पनि दिए । उनका अनुसार स्थानीय उपभोक्ता समितिसँगको समन्वयमा दोस्रो चरणको आयोजनाका लागि पहुँचमार्गको १० किमी ट्रयाक खोलने कार्य सम्पन्न भएको छ ।

prachand-melamchi-1आयोजनाको दोस्रो चरण (याङ्ग्री तथा लार्के स्रोतबाट थप ३४ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने कार्य) का लागि विस्तृत डिजायन प्रतिवेदन तयार गर्न परामर्शदाता छनोट भइरहेको छ ।

पानी प्रशोधन केन्द्र भाग २ को परामर्शदाता तथा निर्माण ब्यवसायी छनौट कार्य सम्पन्न हुने क्रममा रहेको पनि निर्देशक भट्टराईले जानकारी दिए ।

melamchi-prachanda-helmet

(मेलम्चीबाट लाेकराज  जैसी)

खबर डबली डट कम बाट साभार  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah