भारतकाे जयपुरमा जारी जयपुर साहित्य उत्सव चलिरहेको डिग्गी प्यालेसमा एउटा पीपलको रुख ढल्दा चार जना घाइते भएका छन् ।

महोत्सवमा आएका पाहुनाहरुले खाना खाइरहेको ठाउँमा रुख ढल्दा एक जना फोटोपत्रकारसहित चार जना घाइते भएको आयोजकले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गुलाबी शहर’ का रुपमा परिचित राजस्थानको जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको थियाे।

२००६ बाट सुरु भएको जयपुर साहित्य उत्सव ‘द ग्रेटेस्ट लिटररी शो अन द अर्थ’ को रुपमा विकसित हुँदै गइरहेको छ ।