झापा । झापाको दुई स्थानीय तहमा आगलागी भएको छ । कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब साढे ११ लाख मुल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिवार साँझ झापाको कन्काई नगरपालिका ४ बस्ने लङकबहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ वटा कुखुरा जलेर नष्ट भएको हो । त्यस्तै झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आइतबार बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।




