फिलिपिन्सको पश्चिमी क्षेत्रमा रहेको एक चर्चमा भएको शक्तिशाली बम विष्फोटमा परी कम्तिमा २७ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन्। उक्त घटनामा घाइते हुने र मृत्यु हुनेहरू नियमित रूपमा चर्चमा जानेहरू रहेका छन्। शनिबार जोलो दीपस्थित रोमन क्याथोलिक चर्चमा प्राथनाका लागि जम्मा भएका मानिसहरूलाई लक्षित गरी पहिलो धमाका भएको थियो। प्रहरीले प्रतिक्रिया जनाएलगत्तै कार पार्किङ क्षेत्रमा पुनः अर्को विष्फोट भएको थियो।

उक्त क्षेत्रमा मुस्लिमहरूको बाहुल्यता रहेको र मुस्लिम समूह अबु ह्याफले सरकारविरुद्ध संघर्ष गरिरहेको छ। स्थानीय अधिकारीहरूका अनुसार विष्फोट स्थानीय समय बिहान ०८:४५ क्याथेड्रल अफ आवर लेडी अफ माउन्ट क्यार्मेलभित्र भएको थियो। त्यसको केही समयपछि अर्को विष्फोट चर्चको ढोका नजिकै भएको थयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिहरूमा चर्च विष्फोटले क्षतविक्षत भएको देखिएको छ। सुरक्षाकर्मीहरूले चर्चलाई शिल गरे केही घाइतेहरूको उद्धार गरिरहेको समेत तस्बिर तथा भिडियोहरूमा देखाइएको थियो। सुरक्षा सचिव डेल्फिन लोरेन्जनाले सैनिक अधिकारहरू र आम नागरिक मारिने गरी गरिएको बम विष्फोटको भर्त्सना गरेका छन्। उनले स्थानीयसँग सहकार्य गरेर उद्धार कार्य गर्न प्रहरी अधिकारहरूलाई पनि निर्देशन पनि दएका छन्। उनले उक्त घटनाका पीडितको न्यायका लागि व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गर्ने पनि बताए।