दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगीमा आउदो माघ २१ गतेदेखि फागुज ७ गतेसम्म प्रथम कमल मिनी महोत्सव २०७५ को आयोजनाको तयारी भब्य रुपमा शुरु भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन, यहाँको ब्यापारीक प्रदर्शनी एवं साँस्कृतीक कार्यक्रममार्फत कला प्रदर्शनलाइ महत्व दिइने महोत्सव मुल आयोजक समितिका संयोजक विनोद राइले बताए ।
आयोजक सचिब राहुल चौधरीका अनुसार स्टल ब्यवस्थापन लगायतका कामहरु शुरु भइसकेको छ । कमल गाँउपालिकाको पहिचानलाइ बाहिर ल्याउनका लागि महोत्सव गरिन लागेको उनले जनाए ।
महोत्सव प्रचारप्रसार समिति संयोजक धीरज श्रेष्ठले ३० भन्दा बढि स्टल रहने बताउदै सास्कृतीक कार्यक्रम र राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रत्येकदिन विशेष प्रस्तुती रहने बताए ।
महोत्सवका लागि करिब २८ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने आफुहरुको उदेश्य रहेकाले गाँउपालिका लगायतका सरकारी निकायसंग समन्वय भइरहेको समेत जनाइन्छ ।




