काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ‘भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवीको डीएनए मिलेको छ ।

निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल माथि नै शंका उठेपछि पुस २६ गते आमा दुर्गादेवीले वास्तविकता पत्ता लगाउन भन्दै डिएनए परीक्षणका लागि आफ्नो रगतको नमुना दिएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।