धारिलो हतियार छुरा प्रहारबाट भद्रपुरमा एक युवक गम्भिर घाइते भएका छन् । भद्रपुर नगरपालिका ९ डाँगाीबारी निवासी अन्दाजी ३० बर्षीय पंकु राजवंशी गम्भिर घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । पंकुको पेटमा छुरा प्रहार गरिएको छ ।
घाइते उनको हाल भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार घरायशी विवादको क्रममा स्थानीय छिमेकी अन्दाजी ३० बर्षीय विनोद राजंवशीले पंकुलाई छुरा प्रहार गरेका हुन् ।
घरायशी विवादपछि आफ्ै बुबा कमल राजवंशीलाई छुरा हान्न गएका विनोदले बुबालाई नभेटाएपछि रक्सीले मातेका उनले छिमेकी पंकुलाई छुरा प्रहार गरेका हुन् । छुरा हान्ने विनोद फरार रहेको उनको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।




