अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छवि खराब बनाउन सञ्चारक्षेत्र लागि परेको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा करीब ७६ मिनेटसम्म ट्रम्पले आफ्नो शुरुवाती कामकाजको बचाउ गर्दै अमेरिकी प्रेस नियन्त्रण बाहिर गएको भन्दै रोष प्रकट गर्नुभएको थियो । आफू राष्ट्रपति बने लगत्तै विश्वसमुदायमा जति आफ्नो आलोचना भयो त्यति नै प्रेसले पनि आफ्नो अपमान गरेको ट्रम्प को भनाई थियो । आफू अमेरिकी जनतासम्म सिधै पुग्नका लागि मात्र पत्रकार सम्मेलनमा सहभागी भएको उहाँले बताउनुभयो । ट्रम्पले भन्नुभयो "प्रेस यति बेइमान भएको छ कि , अब पनि हामीले यो बिषयबारे छलफल गरेनौ भने भविष्यमा यो नै अमेरिकी जनताको लागि हानिकारक बन्नेछ ।" पत्रकार सम्मेलनमा ट्रम्पले आफूले आप्रवासीका नीतिबारे अगामी साता नयाँ कार्यकारी आदेशको तयारी गरिरहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी प्रेस नियन्त्रण बाहिर गएको राष्ट्रपति ट्रम्पको आरोप
सवाल नेपालसंवाददाताशुक्रबार, ४ फागुन २०७३

अमेरिकी प्रेस नियन्त्रण बाहिर गएको राष्ट्रपति ट्रम्पको आरोप
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



