काठमाडौं– अनसनरत डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका कांग्रेस सभापति शेर बहादुर देउवाले सरकार असंवेनशील भएकाले अनसन स्थगित गरि अर्को लडाइँ लड्न अनुरोध गरेका छन्।

देउवाले केसीका सबै मागमा वार्ता हुनुपर्ने बताए। विधेयक बलजफ्ती पारित भएको जनाउँदै उनले कांग्रेस जनतामा जाने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवाले कांग्रेस सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक नआएकाले यो अवस्था सिर्जना भएको औल्यांए।

देउवा सँगै युवा नेता गगन थापा पनि केसीलाई भेट्न अनसन स्थलमा पुगेका थिए। थापाले प्रधानमन्त्रीले गरेको सम्झौताको उल्लंघनले १६औं अनसन बस्नुपरेको बताए।

उनले भने, ‘सम्झौता कार्यान्वयन गर्नुसु भनी डा केसी अनसन बसेको सत्यतालाई पनि प्रधानमन्त्रीले मानिरहनुभएको छैन।’

असंवेदनशीलको हद यो भन्दा बढि नहुने उनको तर्क थियो। संसदको दुई बैठक गोविन्द केसी 'मरे मरोस्' ढंगले सञ्चालन गरिएको आरोप लगाए।

संसदमा कांग्रेसको संख्या कमी भएकाले विधेयक सरकारको रुचि अनुसारको बनेको उनले बताए। उनले भने, ‘सरकारको लागि डा केसीको जीवन महत्व नभए पनि हाम्रो लागि महत्वपूर्ण छ।’

केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको उनले बताए। चिकित्सा क्षेत्रको सुधारका लागि लडाइँ जारी रहने बताए।