दमक÷झापाको दमकमा जारी बाल महोसत्वमा चर्चित बाल कलाकार अशोक दर्जी, एआर बुढाथोकी र टंक बुढाथोकीले प्रस्तुति दिएका छन् । आइतबार हजारौं दर्शकमाझ उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

चर्चित कलाकार भएपछि झापाको दमकका पहिलो पटक स्टेज कार्यक्रमका लागि आएका अशोकले विगतलाई सम्झिँदै भने–‘मलाई हजुरहरुले पहिले गीत गाउन लगाएर पाँच÷दश रुपैयाँ दिन हुन्थ्यो, आज त्यही हौसल्लाले मलाई अघि बढ्न प्रेरित गर्नुभयो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड